Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

देउवा–प्रचण्ड भेटवार्ता

देउवा–प्रचण्ड भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १३:२४:०२ बजे
  • 562
    SHARES
  • देउवा–प्रचण्ड भेटवार्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    images

    शुक्रबार बिहान प्रधानमन्त्रीकै सरकारी निवास (बालुवाटार) पुगेर प्रचण्डले पुनः कांग्रेस सभापतिमा विजयी भएकामा बधाई दिँदै प्रधानमन्त्री देउवासँग समसामयिक विषयमा छलफल पनि गरेका हुन्।

    प्रचण्डकाे सचिवालयका अनुसार दुई नेताबीच अवरुद्ध संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राष्ट्रिय मुद्दामा समाधानका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने विषयमा छलफल भएको हाे।

    साथै यस क्रममा प्रचण्डले नेपाल क्रिकेट संघले क्रिकेट खेलाडीलाई कारबाही गरेको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।

    ‘भेटमा अध्यक्ष कमरेड प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभयो,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘भेटको अवसरमा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो।

    सोही अवसर अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।’

    पार्टीको ह्विप उल्लंघन (तत्कालीन प्रधानमन्त्री आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको) आरोपमा एमालेले हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ जना सांसदलाई कारबाही गरेको थियो र यसको जानकारी संसद् सचिवालयमा पठाएको थियो। 

    सभामुख अग्नि सापकोटाले सोबमोजिम उनीहरूलाई सांसद पदबाट नहटाएको भन्दै एमालेले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology