Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपनिर्वाचनमा गठबन्धनले सबै सिट जित्छ : माधव नेपाल

उपनिर्वाचनमा गठबन्धनले सबै सिट जित्छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १७:२०:५० बजे
  • 1.0K
    SHARES
  • उपनिर्वाचनमा गठबन्धनले सबै सिट जित्छ : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने राष्ट्रियसभा र उपनिर्वाचनको सबै सिट गठबन्धनले जित्ने दाबी गरेका छन् ।

    images

    शुक्रबार काठमाडौँमा अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभाको जम्मै सिट जित्ने र उपनिर्वाचन भएपनि सबै सिट गठबन्धनले नै जित्ने बताएका हुन् ।

    नेपालले वैशाखमा स्थानीय तहको निर्वाचन जित्ने दाबी गरे । उनले सबैखाले निर्वाचनमा जित्नका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

    त्यस्तै, उनले कृषिमा नयाँ–नयाँ प्रविधिलाई उपयोग गर्दै उत्पादनमुखी बनाउनुपर्ने धारणा राखे । सहकारीको अधिकतम प्रयोगमा पनि उनले जोड दिए ।

    कार्यक्रममा विभिन्न स्थानका किसानहरुलाई सम्मान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology