Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाली कांग्रेसको महाधिवेशन : देउवा पक्षकै बहुमत, १३ पदाधिकारीमध्ये ८ जना देउवा प्यानलबाट विजयी

नेपाली कांग्रेसको महाधिवेशन : देउवा पक्षकै बहुमत, १३ पदाधिकारीमध्ये ८ जना देउवा प्यानलबाट विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • २०:१३:३५ बजे
  • 787
    SHARES
  • नेपाली कांग्रेसको महाधिवेशन : देउवा पक्षकै बहुमत, १३ पदाधिकारीमध्ये ८ जना देउवा प्यानलबाट विजयी

    नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ । पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ ।

    images

    १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् ।

    जसमध्ये १ सभापति, १ उपसभापति र ६ सहमहामन्त्रीमा देउवापक्षले जितेको छ । एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ ।

    अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

    ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् । तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् ।

    उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन् । दुवै जना नेतृत्वको आलोना गर्न सक्ने र युवामाझ मनपराइका नेता हुन् ।

    पदाधिकारी विजयी भएको आधारमा भन्दा केन्द्रीय समितिमा पनि देउवाको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # देउवा प्यानलबाट विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology