Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

महामन्त्री शर्माले घाइते योद्धालाई छोएर खाए शपथ

महामन्त्री शर्माले घाइते योद्धालाई छोएर खाए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १०:४०:३९ बजे
  • 517
    SHARES
  • महामन्त्री शर्माले घाइते योद्धालाई छोएर खाए शपथ

    नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते योद्धालाई छोएर पद तथा गोपनीयताको शपथ खाएका छन् ।

    images

    हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्माले शुक्रबार शपथ खाएका हुन् ।

    उनका शुभेच्छुकहरूले खादा र माला लगाइदिएपछि उनी जनआन्दोलन २०६२–०६३ का घाइते मुकेश कायस्थलाई भेट्न पुगेका थिए ।

    उनले ती घाइते योद्धासहित अर्का घाइते तत्कालीन माओवादी आक्रमणका कारण मेरुदण्ड भाँचिएर वर्षौंदेखि ओछ्यानमै रहेका दीपेन्द्र गिरीलाई छोएर पदको शपथ खाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology