Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : रावल

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • ११:०६:३९ बजे
  • 748
    SHARES
  • एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : रावल

    नेकपा (एमाले)का नेता डा.भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

    images

    बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । 

    कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिए ।

    रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए ।

    उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए। लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले बताए ।

  • सम्बन्धित विषय:

  • # एमालेको रक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology