Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको आरोप लागेपछि प्रचण्डले गरे खण्डन

आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको आरोप लागेपछि प्रचण्डले गरे खण्डन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १३:३२:५० बजे
  • 748
    SHARES
  • आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको आरोप लागेपछि प्रचण्डले गरे खण्डन

    नेकपा (माओवादी केन्द्र)का विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खण्डन गरेका छन् ।

    images

    केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा प्रचण्डले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि प्रचण्डको सचिवालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै त्यो कुरा झुटो भएको बताएको हो ।

    “हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्, यो एकदम गलत कुरा हो,” विज्ञप्तिमा भनिएको छ,“यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने ब्यहोरा पनि अवगत गराउँदछौँ ।”

    सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डले गरे खण्डन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology