Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० आधारले मंगला गाउँपालिका नमुना गाउँपालिका हो!

१० आधारले मंगला गाउँपालिका नमुना गाउँपालिका हो!

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १६:४३:४८ बजे
  • 4.5K
    SHARES
  • १० आधारले मंगला गाउँपालिका नमुना गाउँपालिका हो!

    विद्रोही -नेपालको संविधानको प्रस्तावना र मर्म अनुसार स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै अग्रगामी परिवर्तनलाइ संस्थागत  गर्न र जनताहरुको आम जनजिबिकाको सबाललाइ सहज ढङ्गले संबोधन गर्न नजिकको सरकार बाट सिंहदरबार केन्द्रित अधिकार नजिकको सरकारबाट दिने मुख्य अभिप्रायले नेपालमा संघियताकोअभ्यास भएको हो।नेपालको संविधान २०७२ ले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरी सङ्घीयता को कार्यान्वयन गरिएको हो।

    images

    स्थानिय सरकार सञ्चालनका लागि स्थानीय तहको निर्वाचन सञ्चालन गरी कार्यसञ्चालन भएको पनि करिब ५ बर्ष पुरा भएको छ। स्थानीय तहको पूर्ण अधिकार सहित संबिधानले दिएको अधिकार प्रयोग गर्ने गाउँ पालिका नगरपालिका बाट केहि मात्रामा बिकास र सहजताको अनुभूति भएको देखिन्छ भने केहि स्थानीय तहमा बिकास र सुशासनको सट्टा बेथिति र नितिगत भष्ट्राचारमा चुर्लुम्म डुब्दा गाउँ पालिका नै असफलताको नमुना गाउँपालिकाको रुपमा जनताहरू बाट चित्रण हुन थालेको छ।  जसको पहिलो नमुना गाउँ पालिका को रुपमा मेरो मंगला गाउँ पालिका पर्दछ।

    नमुना गाउँ पालिका बन्ने पुष्ट्याइँ गर्ने १० आधारहरु निम्न छन् 

    १)पहिलो कारण: स्थानीय तहमा जनसेवा र प्रशासकीय कार्य सम्पादन गर्न कर्मचारी संघीय सरकारबाट व्यवस्था भइरहेको सन्दर्भमा यस गाउँपालिकामा स्थायी निजामती कर्मचारी माग नगरि  करोडौं गाउँपालिका रकम खर्च गरी  करार कर्मचारीमात्रले काम संचालन  गरिएको छ यो सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार हो। दुर्गम र विकट गाउँपालिका हरुले दर्जनौं कर्मचारी पाउँदा समेत यस गाउँपालिकाले कर्मचारी पदपुर्ति गर्न  नसक्नु राजनीति नेतृत्वको असक्षमता हो। त्यसैले यो नमुना गाउँ पालिका हो।


    २) दोस्रो कारण: आज देशैभरीका स्थानीय सरकारहरुले सिंहदरबारकै झल्को दिने गरी आफ्नै दीर्घकालीन प्रशासनिक भवन निर्माण गरिसकेका छन् भने यस स्थानियतहले भवन  निर्माण त कुरै छाडौं प्रशासकीय भवनको लागि जग्गा व्यवस्थापन सम्म गर्न सकेको छैन।


    ३) तेस्रो कारण: आम नागरिकको प्रमुख सरोकार र समाज परिवर्तनको संवाहक शिक्षा हो। शिक्षा सबैका लागि सहज र सरल हुनुपर्दछ भने शैक्षिक प्रशासन पारदर्शी र सुशासनयुक्त हुनुपर्दछ ।कार्यकारी जिम्मा गाउँपालिकामा नै रहेको सन्दर्भमा मावितहसम्मको  जिम्मेवारी लिइसकेको अवस्थामा शैक्षिक अवसर तथा सुविधा शैक्षिक प्रशासन चुस्तदुरुस्त बनाउनुका साथै संघीय सरकारका कर्मचारीको गाउँ शिक्षा अधिकृत र शिक्षा सेवा नासु/ प्रा.स गाउँपालिकामा पदस्थापन गराई शिक्षा शाखा सञ्चालन गर्नुपर्नेमा विद्यालय शिक्षा र शिक्षकका समस्याहरुलाई गोलमटोलमा राखी चरम भ्रष्टाचार र कमिसनलाई केन्द्रबिन्दुमा राखेर बिधि र पद्दति बिरुद्ध आफ्नै पार्टीसम्बद्ध शिक्षक संगठनको प्रदेश स्तरको नेतालाई शिक्षा शाखा प्रमुख बनाई शिक्षामा नीतिगत र कहालीलाग्दो भ्रष्टाचारमा लिप्त हुनु अर्को नमुना बन्नुको आधार हो।


    ४)चौथो कारण: स्थानीय तहको निर्वाचन भई कार्यकाल सम्पन्न हुनु लाग्दासम्म समेत कुनै पनि सर्वसाधारण मानिसले कृषि /पशु वा/शैक्षिक अनुदान लगायत कार्यक्रम पाउन सकेका छैनन्। आफू सम्बद्ध पार्टीका नेतृत्वलेभलका कार्यकर्ता मात्र जनताको करबाट विनियोजित अनुदानको हर्ताकर्ता बनेका छन् पछिल्लो समय कार्यक्रम दिने नाममा पुरै नांगो राजनीतिमा लागेको उदांगो भएको छ।


    ५) पाचौं कारण:  गा.पाको सवारी साधनको दुरुपयोग गरिनुका साथै निर्वाचित  जनप्रतिनिधि एवं गाउँ सभा सदस्य ज्युहरुले आफ्नै मेसिन डोजर प्रयोग गरी कार्यादेशको नाउँमा प्रायजसो कामहरु आफै जिम्मा लिइ,कुनै कार्यक्रमको ठेक्का समेत लिइ निम्न गुणस्तरको काम गरी रकम भुक्तानी लिने,र सबै मिलेर अर्थोपार्जनमा लाग्ने गरेको परिदृश्य देखिएको छ ।यो अर्को गा.पा नमुना बन्न लागेको नमुना हो।


    ६) छैटौँ कारण:पुँजीगत बजेटको ८० प्रतिशत भन्दा बढि विकास वजेट डोजरे विकास तर्फ केन्द्रित छ बाटाहरु निर्माण गर्दा डमी उपभोक्ता समिति निर्माण गरी ठूलो मात्रामा रकमी चलखेल गरी  उक्त काममा जिम्मेवार जनप्रतिनिधिको समेत नाम  जोडिएको राष्ट्रिय मिडियामा आउँदा समेत यसको स्पष्ट सत्य तथ्य कुराहरुजनताहरुलाई थाहा नहुनु र  करौडौंलगानीका पोक बराङ्जा ,पिपलबोट पोक लगायत अन्य बाटो निर्माण न्युन गुणस्तर अवस्था हुनु ,अर्को नमुनाको आधार हो।


    ७)सातौँ कारण: आम योग्य नागरिकले आफ्नो क्षमताअनुसार पेशा र रोजगामा प्रतिस्पर्धा गर्न पाउने भए तापनि पुरै  राजनीतिक हस्तक्षेपको  ढङ्गबाट  योग्यलाई पाखा लगाई अयोग्य लाई नियुक्ति गरिएको  जस्ता जन गुनासाहरु छरप्रष्ट  रुपमा बाहिर आएका छन्।


    ८)  आठौँ कारण:बाढी र प्राकृतिक प्रकोपबाट २०७६र २०७७ मा  पिडित बनेका  र घरबारविहीन भएका विभिन्न व्यक्तिहरुको  मध्ये आफूनिकटकाले  मात्रै राहात पाउनु घरबारविहीन बनेका मंगला  ३ का  डिलाराम कडेल लगायतले एउटा त्रिपाल सम्म पनि नपाउनु सबै  चरम राजनितिक पूर्वाग्रहका पराकाष्ठा हुन्। असिनाबाट क्षतिग्रस्त राहत समेत अन्यायपूर्ण तवरले बितरण भएकै छ।


    ९)नवौँ कारण: बजेट बिनियोजन प्रणाली आदेश र कार्यादेश को भरमा हुनु,सरकारी बजेट पूर्ण दुरुपयोग गरी पार्टी संगठन निर्माण गर्ने, शिक्षाको क्षेत्रमा अपमान र चरम राजनितिक कुसँस्कार भित्र्याउने कार्यको थालनी गरिएको छ भने स-साना बिद्यालय कोलागि सुधार सामान्य प्रविधिको माग गर्दा समेत पार्टी सदस्यता लिएमात्र कार्यक्रम दिने जवाफ दिइएको छ। तसर्थ यो नमुना गाउँ पालिका हो।


    १०)दशौँ कारण: म्याग्दी जिल्लाको मुख्य सडक बेनी दरवाङ सडक निर्माण तथा स्तरोन्नति तिब्र गतिमा भइरहेको छ तथापि मंगला गाउँ पालिका अन्तर्गतको क्षेत्रमा कुनै काम शुरु हुन सकेको छैन यसले पनि हाम्रो स्थानिय सरकार र नेतृत्व लाइ परीक्षण गर्न सघाउँछ। तसर्थ मेरो गाउँ पालिका नमुना गाउँ पालिका हो सबैले एकसाथ भनौँ हाम्रो गाउँ पालिका नमुना गाउँ पालिका हो। पुनः जोडले भनौँ नमुना गाउँपालिका हो।

    यो सबै स्थानीय जनताले भनेको र हामिले देखेको कुराहरु प्रस्तुत गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # मंगला गाउँपालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology