Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • २१:०५:२१ बजे
  • 1.2K
    SHARES
  • वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

    सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तरनिकायको प्रतिनिधित्व हुने गरी र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको हो ।

    images

    वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्‍यापिड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपुर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको बताए ।

    र्‍यापिड रेस्पोन्स टिमले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघसंस्था तथा व्यक्तिले वदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानबिन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्ने छ ।

    वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यन्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्वोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले काम गर्ने छ ।

    वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमासुधार गरी सुशासनको अभिवृद्धि गर्न र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

    अहिलेनेपाली युवाहरुको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ । तर, यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नु पर्ने र सुशासनका दृष्टिले समेतनकारात्मक चित्रण हुने गरेकोले यसको छबी सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology