Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्युतको खपत बढाऔँ : कुलमान घिसिङ

विद्युतको खपत बढाऔँ : कुलमान घिसिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • २१:१५:२४ बजे
  • 1.0K
    SHARES
  • विद्युतको खपत बढाऔँ : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका छन् ।

    images

    भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युतको खपत बढाउनुपर्ने बताएका हुन् ।

    उनले विद्युतको खपत बढाउन आग्रहसमेत गर्नुभयो । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ”, उनले भने, “आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।”

    आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताए ।

    “म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ” उनले भने ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology