Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुग्यो

कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • ०८:२९:२८ बजे
  • 622
    SHARES
  • कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुग्यो

    एजेन्सी । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    images

    कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो ।

    बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

    बिस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

    बिस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology