Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज सर्वदलीय बैठक, हट्ला त संसदको गतिरोध ?

आज सर्वदलीय बैठक, हट्ला त संसदको गतिरोध ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • ०८:३६:०० बजे
  • 643
    SHARES
  • आज सर्वदलीय बैठक, हट्ला त संसदको गतिरोध ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज)को लागि सर्वदलिय बैठक बोलाउनु भएको छ ।

    images

    पूर्वनिर्धारित समय अनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने छ ।

    प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ ।

    जसले प्रधानमन्त्री देउवाको एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने चाहनामा धक्का पुगेको छ ।

    यसअघि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेसँगै सर्वदलिय बैठक बोलाउने निर्णय गर्नुभएको थियो ।

    उता एमालेलले आफ्ना तत्कालीन एमाले सांसदहरुलाई कारवाही सिफारिस गरेपनि सभामुखले कारवाही नगरेको भन्दै संसद अवरोध गरिहेको छ ।

    एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्नेदलका शीर्ष नेताहरु भने सर्वदलिय बैठका सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को जारी गतिरोध अन्त्य गर्नका लागि भन्दै आजको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण संसद अघि बढ्न सकेको छैन ।

    त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दलहरुलाई पत्र पठाइसकिएको छ,’ उनले भने । गत मंसिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध पार्दै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले सहभागी नहुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology