Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोपेली मुलुक नेदरल्यान्डमा आजदेखि लकडाउन

युरोपेली मुलुक नेदरल्यान्डमा आजदेखि लकडाउन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १२:२८:५० बजे
  • 535
    SHARES
  • युरोपेली मुलुक नेदरल्यान्डमा आजदेखि लकडाउन

    युरोपेली मुलुक नेदरल्यान्डमा आजदेखि लकडाउन गर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

    images

    नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ छ ।

    ‘भोलिदेखि नेदरल्यान्डमा लकडाउने लाग्नेछ, रुट्टेले भने, ‘हामीले सोचेकोभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको र पाँचौं लहरका कारण लकडाउन अपरिहार्य भएको हो ।’

    लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर, क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् ।

    बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् । त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् ।

    जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने जनाएको छ । यसबाहेक, अधिकांश इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । 

    बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।

  • सम्बन्धित विषय:

  • # नेदरल्यान्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology