बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक बस्नु अघि सत्तागठबन्धनको बैठक बसेको हो ।
बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा नबसी नै बाहिरिएका छन् । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।
प्रधाननिवास बालुवाटारमा सहभागी भए पनि बैठकमा छलफल नै नगरी नेता नेपाल भने बाहिरिएका हुन् । बाहिरिने क्रममा नेपालले ‘अर्को बैठकमा जान लागेको’ प्रतिक्रिया दिए । श्रोतका अनुसार राजदुत लगायतमा विषयमा सत्तागठबन्धनका नेताहरुबीच विवाद छ ।
नेकपा एसका अध्यक्ष नेपालले सत्तागठबन्धनभित्र राजदुत लगायत नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै आएका छन् । यसअघि माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मावध नेपालले प्रचण्डसमक्ष राजतदुत लगायतको विषयमा असन्तुष्ट पोखेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री देउवाले संसद सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने प्रतिक्रिया दिएको छ ।
बैठकबाट माधव नेपाल बाहिरिए
सत्ता गठबन्धनको बैठकबाट नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । बालुवाटारमा जारी बैठकमा सहभागी अध्यक्ष नेपाल सर्वदलीय बैठक बस्नुअघि नै बालुवाटारबाट बाहिरिएका हुन् ।
सत्ता गठबन्धन बैठकमा ‘अर्को बैठक छ’ भन्दै बाहिरिएका नेपालले आफू बाहिरिनुको खास कारण भने खुलाएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आज सर्वदलीय बैठकमा बोलाएका छन् । बैठकमा विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका छलफल भएको छ ।
सर्वदलीय बैठक दिउँसो अपरान्ह ४ बजे बस्नेछ । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी थिए ।