Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वदलीय बैठक : एमसीसी पास गर्ने कि फेल ?

सर्वदलीय बैठक : एमसीसी पास गर्ने कि फेल ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १६:४०:४२ बजे
  • 913
    SHARES
  • सर्वदलीय बैठक : एमसीसी पास गर्ने कि फेल ?

    संसदमा देखिएको गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकको मुख्य एजेण्डा भने एमसीसी रहेको खुलेको छ ।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर रुपमा संसदमा गतिरोध गर्दै आएको भन्दै समाधानका लागि प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठकमा भने एमालेले सरकारको औचित्य नै नभएको भन्दै सर्वदलीय बैठकमा अनुपस्थित नहुने बताइसकेका छन् । जसका कारण संसद अवरोध भइरहेको छ, उनै बैठकमा सहभागी नहुने भएपछि बैठकमा अन्य दलहरुबीच मात्र छलफल हुने स्पष्ट छ ।

    सर्वदलीय बैठक संसदको गतिरोध हटाउन भनिएपनि यो बैठकको मुख्य उद्देश्य भने एमसीसीका विषयमा सहमति जुटाउन बोलाइएको थाहा भएको छ ।

    एमसीसी पारित गर्ने कि के गर्ने भन्ने विषयमा विभिन्न दलका संसदीय दलको बैठकमा समेत छलफल भइरहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि नै संसदीय दलको बैठकमा एमसीसीलाई यथास्थितिमा पास गर्न नसकिने बताइसकेको छ ।

    आज मात्र बसेको नेकपा एसको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आजको सर्वदलीय बैठकमा मुख्य एजेण्डा एमसीसी रहेको भन्दै सुझाव मागेका थिए ।

    अधिकांश सांसदहरुले एमसीसी अहिलेको स्थितिमा पास गर्न नहुने बताएका थिए । कतिपय सांसदहरुले भने यसको सम्पूर्ण अधिकार अध्यक्ष स्वयमलाई भएकालेले विवेक पुर्याउन सुझाएका थिए ।

    सर्वदलीय बैठकबाट एमसीसी पारित गर्नका लागि प्रयास भइरहेको बुझिएको छ । सत्तारुढ दल जनमोर्चाले पनि एमसीसीका विषयमा सहमति दिन नसकिने बताइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # सर्वदलीय बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology