Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी बारे माओवादीका नेताले गरे ठाडै अस्वीकार,अरु कसले के भने ?

एमसीसी बारे माओवादीका नेताले गरे ठाडै अस्वीकार,अरु कसले के भने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १९:२२:२४ बजे
  • 1.1K
    SHARES
  • एमसीसी बारे माओवादीका नेताले गरे ठाडै अस्वीकार,अरु कसले के भने ?

    आज बसेको सर्वदलीय बैठकमा एमसीसीबारे व्यापक विरोधको भएको छ ।

    images

    संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार भएको सर्वदलीय बैठकमा कांग्रेस बाहेकका सबै दलले एमसीसी पास गर्न नहुने तर्क गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेका छन् ।

    काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए ।

    एमसीसी बारे कसले के भने ?  बैठकमा सहभागी सुवालका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसोधनबिना एमसीसी पारित गर्न नहुने धारणा राखेका थिए ।

    माओवादीको अर्का नेता नारायणकाजी श्रेष्ठले पनि पारित गर्न नहुने धारणा राखेका थिए । एकीकृत समाजवादीका तर्फबाट बोलेको नेता बेदुराम भुसालले भने पनि संसोधनबिना पारित गर्न नहुने धारणा राखे ।

    जसपाका बाबुराम भट्टराईले भने एमसीसी अघि बढाउनुपर्ने धारणा राखेका छन् । त्यस्तै बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महत बोलेका थिए ।

    उनीहरु दुवैले एमसिसी अगाडि बढाउनुपने पक्षमा धारणा राखेका थिए । बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने एमसीसीबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति बनेको बताए ।

    ‘संसद अवरोध र एमसिसीबारे व्यापक छलफल भयो । फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ’ पत्रकारहरुलाई उनले भने ।

    बैठकमा एमसीसी सम्झौता संसदबाट पारित गर्ने सन्बन्धमा सत्ता गठबन्धका दलहरुबीच विवाद भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले ठाडै अश्वीकार गरेका छन् ।

    नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको थिए ।

    ‘माओवादी र नेकपा एसको अडान कायमै रहन्छ भने एमसीसी पास हुँदैन’ उनले भने, ‘उनीहरुले अडान फेरे भने जनतामा जवाफ दिनुपर्छ । गठबन्धन नै भत्किन्छ र नयाँ बन्छ भने त्यो हाम्रो सरोकार होइन ।’

    सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए भने बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्ने बताएको उनले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology