Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१ लाख ७०ले रोजगारी पाउँदै

१ लाख ७०ले रोजगारी पाउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • ०८:४६:३६ बजे
  • 754
    SHARES
  • १ लाख ७०ले रोजगारी पाउँदै

    कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ ।

    images

    उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७र७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ ।

    विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७\७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ ।

    उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै दोब्बरले बढी हो ।

    त्यस वर्ष कुल दर्ता भएका ती उद्योगको प्रस्तावित कुल पूँजी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ती उद्योग सञ्चालनमा आउँदा रोजगारी पाउनेको संख्या ३ लाख ११ हजार ६९३ हुने प्रारम्भिक अनुमान छ ।

    आर्थिक वर्ष २०७६र७७ मा मात्रै ७७ ओटै जिल्लामा कुल ४८ हजार ८५४ ओटा यस्ता उद्योग दर्ता भएका छन् । २०७६र७७ मा कुल दर्ता भएका उद्योगमा प्रस्तावित कुल पूँजी १ खर्ब ११ अर्ब १५ करोड रहेको छ ।

    यी दर्ता उद्योग सञ्चालनमा आउँदा १ लाख ६९ हजार ७७१ जनाले रोजगार पाउने प्रक्षेपण गरिएको छ ।

    आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # रोजगारी पाउँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology