Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

संघीय संसद अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष

संघीय संसद अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • ११:२१:३४ बजे
  • 466
    SHARES
  • संघीय संसद अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष

    प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आह्वान गरेका छन् ।

    images

    आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको हो ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै भएकाले जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित नहुने बताए ।

    ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ’, कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भने ।

    एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

    सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # संघीय संसद अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology