Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फिलिपिन्समा आएको शक्तिशाली आँधीमा २०८ को मृत्यु, ५२ बेपत्ता, तीन लाख विस्थापित

फिलिपिन्समा आएको शक्तिशाली आँधीमा २०८ को मृत्यु, ५२ बेपत्ता, तीन लाख विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • ११:२६:०३ बजे
  • 556
    SHARES
  • फिलिपिन्समा आएको शक्तिशाली आँधीमा २०८ को मृत्यु, ५२ बेपत्ता, तीन लाख विस्थापित

    एजेन्सी । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ ।

    images

    राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् ।

    राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ ।

    आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।

    ‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् ।

    आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शक्तिशाली आँधी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology