Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमीसीबारे सत्तारुढ पाँच दलीय गठबन्धनमै तीव्र मतभेद,सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन

एमीसीबारे सत्तारुढ पाँच दलीय गठबन्धनमै तीव्र मतभेद,सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १२:३२:५२ बजे
  • 910
    SHARES
  • एमीसीबारे सत्तारुढ पाँच दलीय गठबन्धनमै तीव्र मतभेद,सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ पाँच दलीय गठबन्धनमै तीव्र मतभेद देखिएको छ ।

    images

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसद्‌बाट अनुमोदन गराउने प्रयसामा छन् भने सत्ताका सहयात्री दुई वाम घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) त्यसको विपक्षमा छन् ।

    सत्ता सहयात्रीहरुबीच नै चर्को मतभेद देखिएपछि थप छलफल गर्न भन्दै तीन सदस्यीय कार्यदल बनाइएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीबाट झलनाथ खनाल, कांग्रेसकाबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको कार्यदल बनाएको हो ।

    आइतबार बसेको बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाइएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । जनता समाजवादी पार्टीले यसबारे थप छलफल आवश्यक भएको बताएका थिए ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मध्यमार्गी धारण राखेका थिए । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने उनको धारण थियो ।

    त्यसैगरी, एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने अडान दोहोर्याएको थियो ।

    बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनमै तीव्र मतभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology