Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वर्षमान पुन राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्कने

वर्षमान पुन राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्कने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १६:४३:४७ बजे
  • 1.8K
    SHARES
  • वर्षमान पुन राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्कने

    नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा केन्द्रीय सचिवालय इञ्चार्ज वर्षमान पुन अनन्त राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्कने भएका छन् ।

    images

    चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन यसै हप्ता काठमाडौं फर्कन लागेका हुन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ गते काठमाडौंमा हुँदैछ ।

    स्वास्थ्यमा सुधार भएको र यसै हप्ता अनन्त फर्कने कार्यक्रम रहेको उनका सचिवालय सदस्य सन्तोष पुनले जानकारी दिए । फर्कने मिति भने तय भइसकेको छैन ।

    लाखौँमा केही जनालाई देखिने जटिल प्रकारको जण्डिसको उपचारका लागि अनन्त १३ असोजमा बैंकक पुगेका थिए ।

    त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई १० मंसिरमा चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।

    उक्त अस्पतालमा उपचार सुरु भएको केही दिनमै उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको थियो। चीनमा उनको उपचारका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पहल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology