Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एडल्ट फिल्मका चर्चित अभिनेत्री, अहिले सामान्य जीवन बिताइरहेका छन्

एडल्ट फिल्मका चर्चित अभिनेत्री, अहिले सामान्य जीवन बिताइरहेका छन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १६:५८:५४ बजे
  • 1.1K
    SHARES
  • एडल्ट फिल्मका चर्चित अभिनेत्री, अहिले सामान्य जीवन बिताइरहेका छन्

    भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न कारोबार निकै फष्टाइरहेको छ । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यो मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो ।

    images

    एडल्ट उद्योगमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट उद्योगलाई छोडेर अहिले सामान्य जीवन बिताइरहेका छन् । यहाँ त्यस्तै केही अभिनेत्रीको चर्चा गरिएको छ ।

    जेना प्रेस्ले
    पूर्वपोर्नस्टार ब्रिटिनी द लोरा मेरालाई एडल्ट फिल्ममा ‘जेना प्रेस्ले’ नामले चिनिन्थ्यो । जेनाले अहिले एडल्ट फिल्म उद्योग छोडिसकेकी छन् । उनको यो निर्णयप्रति उनका पति पनि खुसी छन् । जेनाले सन् २००५ मा एडल्ट फिल्ममा काम गरेकी थिइन्, जुन समयमा उनको उमेर केवल १८ वर्षको मात्र थियो ।

    मिया खलीफा
    मिया खलिफा एडल्ट फिल्ममा नाम चलेकी स्टार थिइन् । विवाहअघि नै उनी पोर्न फिल्मबाट बिदा भइन् । उनले केही समयमात्र एडल्ट फिल्ममा काम गरेर लोकप्रियता कमाइन् । मियाका अनुसार पोर्न फिल्ममा काम गर्दा उनलाई ज्यानको धम्कीसमेत आएको थियो ।

    सनी लियोनी
    बलिउडमा काम गरिरहेकी अभिनेत्री सनी लियोनी एडल्ट फिल्म उद्योगको अर्को चर्चित नाम हो । उनले सानो उमेरमै पोर्न फिल्ममा काम गर्न सुरू गरेकी थिइन् । उनको परिवार पनि उनको निर्णयको विरोधमा थियो । अहिले उनले पोर्न फिल्म उद्योग छोडिसकेकी छन् ।

    जेन्ना जेम्सन
    जेन्ना जेम्सन पनि पूर्वपोर्न फिल्म अभिनेत्री हुन् । उनलाई विश्वकै प्रख्यात अश्लिल स्टार र एडल्ट फिल्मको ‘क्विन’ भनिन्थ्यो । मोडलिङपछि जेन्नाले सन् १९९३ मा अश्लिल फिल्ममा अभिनय सुरू गरेकी थिइन् । उनी विश्वकै सर्वाधिक धनी पोर्नस्टार पनि हुन् ।

    साशा ग्रे
    कुनै समय पोर्न उद्योगको प्रख्यात अभिनेत्री रहिसकेकी साशा ग्रे अहिले हलिउडकी परिचित अभिनेत्री हुन् । एडल्ट फिल्मबाट सन्यास लिएर उनले हलिउड करियर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’बाट सुरूवात गरेकी थिइन् । उनले कैयौं विज्ञापन, म्युजिक भिडियोमा अभिनयसँगै म्यागाजिनको कभर पेजमा आफूलाई उभ्याइसकेकी छन् । उनले पुस्तक पनि लेखेकी छिन् ।

    क्रिसी मोर्गन
    सन् १९९६ देखि २००६ सम्म क्रिसी मोर्गनले पोर्न उद्योगमा काम गरिन् । यसपछि उनले आफूलाई अध्यात्मतिर अगाडि बढाइन् । उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अहिले क्रिसी एडल्ट वेबसाइटबाट आफ्नो भिडियो हटाउन कानुनी लडाइँमा छिन् ।

  • सम्बन्धित विषय:

  • # एडल्ट फिल्मका चर्चित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology