Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इराकमा अत्यधिक बर्षापछि आएको बाढीले दुइ जना नेपालीसहित १२ जनाको मृत्यु

इराकमा अत्यधिक बर्षापछि आएको बाढीले दुइ जना नेपालीसहित १२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १८:११:०८ बजे
  • 1.7K
    SHARES
  • इराकमा अत्यधिक बर्षापछि आएको बाढीले दुइ जना नेपालीसहित १२ जनाको मृत्यु

    इराकमा बाढीले दुइ जना नेपालीसहित १२ जनाको मृत्यु भएको छ ।

    images

    अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार जानकारी दिएका छन् ।

    उनका अनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । यस्तै बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छ ।

    राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार त्यहाँको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई दुबैजनाको मृत्यु भएको हो ।

    शेर्पा एक हप्ता र राई एक महिना अगाडि इराक गएका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

    समाचार अनुसार बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ ।

    त्यस्तै खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् । गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology