Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

भाइरसबाट भारतमा एकैदिन ६४ हजार बढी संक्रमित

भाइरसबाट भारतमा एकैदिन ६४ हजार बढी संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १६:०१:५८ बजे
  • 1.2K
    SHARES
  • भाइरसबाट भारतमा एकैदिन ६४ हजार बढी संक्रमित

    भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् ।

    images
     

    सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २ सय ७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।

    कुल संक्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५ सय १४ जना संक्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८ सय ७१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

    भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ५२ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरि तीन करोड १७ लाख ४२ हजार ७ सय ८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology