Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भयो : जीवन परियार

युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भयो : जीवन परियार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १८:१५:०५ बजे
  • 508
    SHARES
  • युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भयो : जीवन परियार

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।

    images

    रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको भन्दै पुस्तान्तरणको युग सुरु भएको दाबी गरेका हुन् ।

    उनले भने,“हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरुमा पनि युवाहरु आउनुभएको छ ।

    धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।” पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उनले बताए ।

    “सभापति देउवाले पार्टीका शीर्ष नेताहरु, जसले निर्वाचनमा भाग लिनुभएको छैन, कतिपय भाग लिएर पराजित हुनुभएको छ, उहाँहरुलाई उचित स्थान दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

    अहिले पार्टीभित्र ठुलो समस्या छैन,” उनले भने । उनले अहिले १४औँ महाधिवेशनमा पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको बताए ।

    परियारले पार्टीको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै आफूहरु अघि बढिरहेको जिकिर गरे । परियारले आफू पार्टीको सहमहामन्त्री भैसकेपछि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नको लागि केही एजेन्डा अघि सारेको जानकारी दिए ।

    उनले कांग्रेसको इतिहासमा धेरै लामो समयपछि पार्टीको पदाधिकारी तहमा सहमहामन्त्री पदमा आफूलाई निर्वाचित हुने अवसर प्राप्त भएको भन्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # जीवन परियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology