Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको अध्यक्षमा मनु भुजेल निर्विरोध निर्वाचित

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको अध्यक्षमा मनु भुजेल निर्विरोध निर्वाचित

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष ५, २०७८ सोमवार • २०:२२:१७ बजे
  • 1.2K
    SHARES
  • नेपाली जन-प्रगतिशील मञ्च कुवेतको अध्यक्षमा मनु भुजेल निर्विरोध निर्वाचित

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको लागि ध्रुब कुमार संग्राैलाको संरक्षकत्वमा ९ सदस्यीय संरक्षक तथा सल्लाहकार समिति समेत आजै चयन गरिएको छ । उद्घाटन सत्र र निर्वाचन सत्र गरि दुइ चरणमा सम्पन्न गरिएको अधिवेशन भौतिक उपस्थित र अनलाइन जुम मार्फत जोडिएर सम्पन्न भएको छ ।

    images

    निर्धारित समयभन्दा निकै ढिलो गरि सम्पन्न भए पनि राष्ट्रिय गान, सहिद स्मरण र दीप प्रज्वलन गर्दै शुरू भएको चौथो राष्ट्रिय अधिवेशन अतिथिहरूको अनलाइन तथा भौतिक उपस्थितिमा सम्पन्न भएको थियो भने केन्द्रिय नेतृत्वको व्यस्तताको कारण अन्य नेतृत्वले कार्यक्रममा सहभागित जनाउन नसके पनि नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको तर्फबाट अध्यक्ष ओम शर्मा अधिवेशनमा जोडिएका थिए ।

    मञ्चको चौथो राष्ट्रिय अधिवेशनमा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि महामहिम भण्डारीले नेपाली राजदूतावास कुवेत नेपालीहरूको स्तरोन्नती र हक हित प्रवर्धनमा लागि परेको बताउँदै नेपाली समाज कुवेतमा रहेका संघ संस्था र समुदायसँग हातेमालो र सहकार्य गरेर दूतावास अघि बढिरहेको बताउँदै प्रवासमा श्रम गरेर कमाएर मात्रै हुँदैन कमाएको धनलाइ सुरक्षित राख्न आर्थिक र सामाजिक सुरक्षाको लागि पनि हरेक नेपाली चनाखो हुनुपर्ने बताए ।

    विशेष अतिथि शर्माले अनलाइन मार्फत सम्बोधन गर्दै प्रवासी श्रमिकका हकहितका विषयमा पार्टीगम्भिर रहेको जनाउँदै विदेशबाट भोट हाल्न पाउनुपर्ने लगायत प्रवासी युवाको हकहित र सामाजिक सुरक्षाको विषयमा जन प्रगतिशील मञ्च सकृय भएर लाग्नु पर्ने बताउँदै अधिवेशनमार्फत नव निर्वाचित हुने पदाधिकारीहरूलाइ अगृम बधाइ तथा शुभकामना दिएका थिए ।

    चौथो राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक क. मनु बहादुर भुजेलको सभाध्यक्षता, नेपाली राजदूतवास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा (अनलाइन जुम मार्फत), मध्यपूर्व समन्वय समितिका संयोजक शनि कुमार ओली, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अध्यक्षरण ध्वज लामाको विशेष आतिथ्यता, नेकपा माओवादी केन्द्र मध्यपूर्व समन्वय समिति सदस्य एवं केन्द्रिय पर्यवेक्षक सुजन के.सि., प्रवासी नेपाली मञ्चका अध्यक्ष राज कुमार थापा, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष युवराज गैरे, नेपाली जन सम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान नेपाल पत्रकार महासंघ कुवेतका सह-सचिव हरि बानिय लगायत विभिन्न संघ, संस्थाका पदाधिकारी प्रतिनीधि, बुद्धिजीवि, समाजसेवी परोपकारी व्यक्तित्वहरू तथा नेपाली जन प्रगतिशील मञ्चमा आवद्ध र नेकपा माओवादी केन्द्र प्रति आस्थावान दाजुभाइ तथा दिदीबहिनीहरूको उत्सावर्धक उपस्थितिमा मञ्चको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो ।

    संस्थाको बस्तुस्थितिबारे क. सुजन के.सि.ले सहजीकरण गरेको उक्त कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य दिंदै मञ्चले गरेका राम्रा कामहरूको सराहना गर्दै प्रवासमा रहेका भातृसंगठनहरूले राजनीतिक भन्दा पनि सामाजिक र मानविय सेवाका कार्यहरू एकापसमा सहकार्य गरेर गर्नु पर्ने बताउँदै संगठनहरूलाइ विस्तार गरि प्रवासका सबै श्रमिकहरूलाइ समेट्नु पर्ने बताएका थिएभने अधिवेशन मार्फत निर्वाचित हुने नयाँ कार्यसमितिलाइ अगृम बधाइ बधाइ तथा शुभकामना दिएकाथिए । अधिवेशनमा शुभकामना मन्तव्य दिने बक्ताहरूमा रणध्वज लामा, राजकुरमार थापा, केशर घलान, युवराज गैरे, हरि लावती, माधव पौडेल, हरि बानिया, टिकाराम आचार्य लगायत थिए ।

    उद्घाटन सत्रको समापनमा बोल्दै अध्यक्ष मन बहादुर भुजेल मगरले देशमा अहिले प्राप्त राजनीतिक उपलब्धिहरू गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समावेशीता नेकपा माओवादी केन्द्रको एजेण्डा भएको र सबै उपलब्धिहरू प्राप्त गर्ने समय लागे पनि दलित, उत्पीडित, जनजाती सबैको माग समयक्रम संगै पुरा हुँदै जाने बताउँदै अत्यन्त कार्य व्यस्तताको वावजुद पनि मञ्चको चौथो राष्ट्रिय अधिवेशन समारोहमा उपस्थित भइ कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्नु भएकोमा प्रमुख अतिथि ज्यू लगायत सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्र समापन गरेका थिए भने उद्घाटन सत्रको कार्यक्रम संचालन क. आनन्द आचार्य र  क. तिलक भण्डारीले गरेका थिए ।

    क. ध्रुब कुमार संग्रौला (कुमार झापाली) निर्वाचन संयोजक रहेको निर्वाचन समितिका आयुक्त मानबहादुर तामाङ (दिल कुमार पाख्रिन) निर्वाचन सत्रको कार्यक्रम संचालन गरेका थिए भने निर्वाचन समितिले निर्वाचनको प्रकृया पुर्याएर सर्व सम्मतिमा तय भएको नयाँ कार्य समितिको नामावली पढेर सुनाउँदा हलबाट कर्तल ध्वनीका साथ गडगडाहट ताली बजाएर नव निर्वाचित कार्य समितिको स्वागत गरिएको थियो भने निर्वाचित पदाधिकारी तथा सदस्यहरूका विरूद्धमा कसैको पनि दावी विरोध नभएपछि अविरजात्रा तथा खादा ओढाएर नयाँ कार्य समिति निर्वाचित गरिएको थियो भने सोही अबसरमा निर्वाचत समिति संयोजक झापालीले नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाइ सपथ खुवाएका थिए ।

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन मार्फत निर्वाचित नयाँ कार्यसमिति तपसिल बमोजिम रहेको छः

    संरक्षकः

    ध्रुब कुमार संग्रौला

    सल्लाहकारहरूः

    सुजन के.सि.

    मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)

    माधव पौडेल

    जीवन कुमार बि.क.

    गौतम अमगाइ

    दामोदर बटाला

    सुर्य लामा

    आनन्द आचार्य

    अध्यक्ष-क. मन बहादुर भुजेल

    बरिष्ठ उपाध्यक्ष- क. राजन श्रेष्ठ

    उपाध्यक्ष -क. रुपक थापा

    उपाध्यक्ष -क. जिवन सुनार

    महासचिब-क.बुद्दि बहादुर गुरुंग

    सचिव -क. कमल भणडारी

    सचिव- क. नविन तामांग

    सचिव- क. राजु धिमाल

    कोषाध्यक्ष - क. मीलन तामांग

    सहकोषाध्यक्ष- क. दिल बहादुर बि.क.(दिल श्रीपाली)

    युवा संयोजक - क. दिपक कुमार नेपाली

    सांस्कृतिक विभाग संयोजक - क. राजन सुबेदी

    महिला संयोजक - क. ललिता थापा मगर

    अनुशासन संयोजक- क. कमल राई

    प्रवक्ता- क -सुरेश ग्यावा तामांग

    सदस्यहरु

    क. युबक राई,

    क. कुल बहादुर तामांग

    क. अमृत मान घिसिंग

    क. चिरनजीवी खतिवडा

    क. प्रेम बहादुर बिश्वकर्मा

    क. चक्र बहादुर राई

    क. बसन्त साम्बा

    क. हित काजी चन्दरा

    क. माया बि.क.

    क. रत्न कुमार लामा

    क. हर्क बस्नेत

    क. कृष्ण प्रसाद खड्का

    क. प्रिया कार्की

    क. शालिक राम कुमाल

    क. दिनेश बि.क.

    क. शिव घमाल

    क. दीपु राज सापकोटा

    क. रोशन कटुवाल

    क. मन नारायण श्रेष्ठ

    क . बुद्दि राज गिरी

    क. बिजय धिमाल

    क. मीन लाल तामांग

    क. सन्त बीर मगर

    क. सुनिता लामा

    क. धन बहादुर घलान

    क. सलित कुमार राय

    क. तिलक बहादुर खुजुम

    क. सुभाष लोप्चन

    त्यस पछि नव निर्वाचित समितिको  छोटो बैठक अध्यक्ष क. मन बहादुर भुजेलको अध्यक्षतामा बसी आगामी बैठक नयाँ वर्ष २०२२ जनवरीको तेस्रो हप्ता बस्ने निणर्य गरेको र आगामी बैठकको लागी पछि मिति, स्थान र समय तोकेर सबै निर्बाचित सदस्यहरुलाई सर्कुलर जारी गर्ने निणर्य भएको कुरापनि नव निर्वाचित महासचिव बुद्धि बहादुर गुरूङले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology