Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना

संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • ०८:४०:५६ बजे
  • 1.1K
    SHARES
  • संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना

    संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ ।

    images

    दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । यद्यपि संसद बैठकको औपचारिक कार्यसूची भने तय गरिएको छैन ।

    अमेरिकी सहयोग परियोजना एमसिसी चाँडो संसदबाट पारित गर्ने दबाबमा नेपाल रहेको छ । आजै संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ ।

    उक्त समितिको बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ ।

    गत मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक बसेर नेपालका लागि प्रस्तावित गरिएको उक्त सहयोग परियोजना चाडो पारित गर्न आग्रह गरेको थियो ।

    डिसेम्बरभित्रै नेपालले अनुमोदन नगरेमा उक्त सहयोग फिर्ता हुने अमेरिकाको चेतावनी रहेको छ । तर नेपालमा भने लामो समयदेखि एमसिसीले विवाद सृजना गरेको छ ।

    सत्ता गठबन्धनकै दलहरु एकमत देखिँदैनन् भने नागरिक स्तरमा समेत एमसिसी पारित गर्न नहुने भन्दै विरोध हुँदै आएको छ । राजनीतिक दलहरुबीच सहमति जुटेमा भने यो पारित हुनेछ ।

  • सम्बन्धित विषय:

  • # संसद बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology