Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग्यो

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • ११:५५:२७ बजे
  • 925
    SHARES
  • पाकिस्तानको प्रमुख  विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग्यो

    एजेन्सी । पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ ।

    images

    उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल— एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो ।

    प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल— एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् ।

    शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए ।

    पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग—नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए ।

    देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे । लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

    त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology