Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र पार्टीको पाठ्यक्रम तयार गर्दै

माओवादी केन्द्र पार्टीको पाठ्यक्रम तयार गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १२:२३:५५ बजे
  • 1.2K
    SHARES
  • माओवादी केन्द्र पार्टीको पाठ्यक्रम तयार गर्दै

    नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

    images

    पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो ।

    बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कूल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने, पार्टी कार्यदिशाको सम्प्रेषणलाई केन्द्रमा राखेर स्कुलको काम गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाहरूको अध्ययन गरी माक्र्सवादी दृष्टिकोण तयार पार्ने बैठकको निष्कर्ष छ ।

    अनुसन्धानलाई योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उहाँले जानकरी दिनुभयो ।

    बैठकमा स्कुलका लागि आवश्यक संरचना र पार्टीका जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्थाका विषयमा छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology