Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विकासका लागि एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाण

विकासका लागि एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १२:२६:१६ बजे
  • 937
    SHARES
  • विकासका लागि एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाण

    गृहमन्त्री बालकृष्ण खाणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने दाबी गरेका छन् ।

    images

    मन्त्री खाणले पूर्ववर्ती सरकारहरुकै पालामा अघि बढेको र नेपालको विकासका लागि परियोजनाबीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

    नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुर आइपुगेका गृहमन्त्री खााणले स्व.रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए ।

    “अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन,” उनले भने ।

    नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःसर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए ।

    उनले भने,“एमसीसी परियोजना कुनै ऋण होइन, यो निःसर्त अनुदान हो, गठबन्धनका दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।”

    पत्रकारको जिज्ञासामा गहृमन्त्री खाणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्य जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए ।

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology