Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेको बिरोधकाबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत

एमालेको बिरोधकाबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १४:२५:५४ बजे
  • 823
    SHARES
  • एमालेको बिरोधकाबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत

    प्रमुख प्रतिपक्षि नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।

    images

    बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

    त्यसअघि बैठक सुरुहुनेबितिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

    एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।

    एमाले सांसदहरुले बैठकमा बिरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुननसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

    उनले जनताका बिषयहरुलाई सदनमा राख्न अनुरोध गरेपनि एमालेका सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।

    त्यसलगतै दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # दुई अध्यादेश स्वीकृत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology