Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १७:००:२१ बजे
  • 850
    SHARES
  • राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा आफ्नो उपस्थितिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

    images

    गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् । आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाब रहेको भन्दै उनले भने,“..म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ ।

    कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसद्‌मा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।”

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताए ।

    उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरंकुशता, सामूहिकता नभइ एकल र निरंकुशता लाद्न थालेकाले पार्टीमो विद्रोह गरिएको बताए ।

    “ओलीतन्त्रविरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौँ,” नेपालले भने,“यो ऐतिहासिक र साहसिक कदम हो ।”

    ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे । आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिएका उनले ओलीको कब्जा र प्राइबेट कम्पनीको रुपमा एमाले रहेकाले आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए ।

    एमालेलाई आफ्नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले मुख्य प्रतिद्वन्द्वी मानेको उनले बताए । एमाले विभाजनपछि नेपाल र ओली मंसिर २४ गते काठमाडौँमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका थिए ।

    एकले अर्कासँग नबोलेको भए पनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । “हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संयोग ! कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए ।

    रमाइलो भयो,” उनले भने । एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र हामीलाई छुवाछुतको व्यवहार गर्ने यो कस्तो राजनीति हो भनी उनले प्रश्न गरे ।

    अध्यक्ष नेपालले एमालेले संसद्मा मर्यादाविरुद्ध काम गरिरहेको आरोपसमेत लगाएका छन् । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने,“संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्‍या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर्‍या’छन् ?”

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # ओलीतन्त्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology