Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहकारीलाई रजिष्टारको निर्देशन : आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन

सहकारीलाई रजिष्टारको निर्देशन : आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १८:५८:२९ बजे
  • 553
    SHARES
  • सहकारीलाई रजिष्टारको निर्देशन : आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन

    सहकारी विभागका रजिष्टा र झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन् ।

    images

    सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल राख्न निर्देशन दिएका हुन् ।

    ‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’, मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारले भने, ‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’

    सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिको बताए ।

    विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे । तर, सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए ।

    ‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’

    कार्यक्रममा सहकारी सहकारीकर्मीहरूले सन्दर्भ ब्याज दर बढाउन आग्रह गरका थिए । जवाफमा रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।

    हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढि ब्याज दर लिन नपाउने गरी सन्दर्भ ब्याज दर तोकिएको छ ।

    तरलता अभावसँगै बैंकहरूको ब्याज दर वृद्धि भएकाले सहकारीको पनि ब्याज दर बढाउन सहकारीका संचालकले दबाब दिँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # रजिष्टारको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology