Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

ठुला ठुला विकास निर्माणका कामहरु एमालेले गरेको हो :ओली

ठुला ठुला विकास निर्माणका कामहरु एमालेले गरेको हो :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • २१:३५:३८ बजे
  • 994
    SHARES
  • ठुला ठुला विकास निर्माणका कामहरु एमालेले गरेको हो :ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला ठुला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गरेका छन् ।

    images

    नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको भन्दै एमाले नेतृत्वको सरकारले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गरेका हुन् ।

    उनले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राखे ।

    ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको पनि बताए ।

    कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराएका थिए

  • सम्बन्धित विषय:

  • # विकास निर्माणका काम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology