Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • ११:३६:२२ बजे
  • 757
    SHARES
  • घट्यो सुनको मूल्य

    साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

    बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology