Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ईश्वरबाट एउटै सिन्को सरेन किन.....

ईश्वरबाट एउटै सिन्को सरेन किन.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • २०:०१:३५ बजे
  • 1.5K
    SHARES
  • ईश्वरबाट एउटै सिन्को सरेन किन.....

    ईश्वरबाट एउटै सिन्को सरेन किन ?
    आफू हुनुको हर्कत गर्दै गरेन किन ?

    ईश्वर थिए र दण्ड दिन्थे भने तुरुन्तै !
    बलात्कारीको लिङ्ग कीरा परेन किन ?

    अल्लाहले यशूले गर्थे भने नियन्त्रण
    भ्रष्टचारीको हात कुही झरेन किन ?

    भन्थ्यौ धुरी चढेर त्यो पाप गर्जने छ 
    यौटै गरीव चुसाहा रुदै मरेन किन ?

    पाइन्छ प्रश्न गर्न र सत्य खोजी गर्न 
    डुङ्गा तर्यो नदीमा ढुङ्गा तरेन किन ?

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology