Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमारमा पहिरोमा एक जनाको मृत्यु ,७० जना बेपत्ता

म्यानमारमा पहिरोमा एक जनाको मृत्यु ,७० जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १४:०४:२९ बजे
  • 685
    SHARES
  • म्यानमारमा पहिरोमा एक जनाको मृत्यु ,७० जना बेपत्ता

    एजेन्सी । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् ।

    images

    सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ ।

    चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ । बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ ।

    उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए ।  खानीबाट बार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

    “घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,” उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न् । स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    “हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,” उहाँले भन्नुभयो ।

    घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २०० जना परिचालित भएको पनि उहाँले जानकारी दिनुभयो । खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीहरुको प्रयोग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # म्यानमारमा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology