Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सभामुखको आग्रहलाई एमाले सांसदको बेवास्ता

सभामुखको आग्रहलाई एमाले सांसदको बेवास्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १४:०७:०५ बजे
  • 625
    SHARES
  • सभामुखको आग्रहलाई एमाले सांसदको बेवास्ता

    सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले बेवास्ता गरिरहेका छन् ।

    images

    प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

    बुधबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

    सोही बेला सभामुख सापकोटाले संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका छन् ।

    संसद बैठक सुचारु हुने वातावरण बनाउन विशेष आग्रह गरे पनि एमाले सांसदले बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

  • सम्बन्धित विषय:

  • # सभामुखको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology