Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त श्रीमान–श्रीमती पक्राउ

ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त श्रीमान–श्रीमती पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १४:३३:३० बजे
  • 1.2K
    SHARES
  • ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त श्रीमान–श्रीमती पक्राउ

    वालुवाटार जग्गा प्रकरणमा सम्बद्ध दुई बिचौलिय पक्राउ परेका छन् ।

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वालुवाटार उनीहरुलाई गएराति स्वयम्भूबाट पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी रहेको प्रहरीले जनाएको छ ।

    उनीहरु दुवैलाई यसअघि नै भूमाफिया भनी किटान गरिएको थियो । प्रहरीको अनुन्धानले सुवेदी दम्पतिले वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको खुलेको निष्कर्ष निकालेको थियो ।

    तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर उनीहरुले उक्त सरकारी जग्गा हत्याउन सुवेदी दम्पतिले बिचौलियाको भूमिका खेलेको प्रहरीको निश्कर्ष छ ।

    वालुवाटारको जग्गा हिनामिना भएको पुष्टि भएपछि सुवेदी दम्पति फरार थिए ।

    अख्तियार अनुसन्धान आयोगले पनि उनीहरुबिरुद्ध २०७६ सालमै मुद्धा दायर गरेको थियो । पक्राउ परेका सुवेदी दम्पति हाल सीआईबीको नियन्त्रणमा रहेका छन्

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology