Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पार्टीलाई नबोलाउने

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पार्टीलाई नबोलाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १८:२५:४१ बजे
  • 1.1K
    SHARES
  • माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पार्टीलाई नबोलाउने

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा अन्य पार्टीका नेताहरुलाई नबोलाउने भएको छ ।

    images

    आज सम्मेलनको विषयमा पत्रकार सम्मेलन गरेका पार्टीका प्रवक्ता कृष्ण बहादुर महाराले कसैलाई पनि नबोलाउने निर्णय भएको बताएको हो ।

    यहि पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने सम्मेलनमा पार्टीभन्दा बहिरका कसैलाई पनि पाहुनाको रुपमा नबोलाउने महराले बताए ।

    पार्टीको सम्मेलनमा माओवादीले प्रतिनिधि मुलक रुपमा मात्र आफ्नो पार्टीको नेताहरुलाई उपस्थित गराउने तयारी गरेको छ । त्यसको लागि देशभरबाट सम्मेलनमा आउने प्रतिनिधिहरुको टुङ्गो लगाइसकेको महराले जानकारी दिएको छ ।

    सम्मेलनमा १५ सय ३३ जना सहभागी हुने महराले जनाएको छ ।

    अहिलेसम्म प्रतिनिधिहरु आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने महराले जानकारी दिए ।

    प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने महराले बुधबार पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology