Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • ०८:३६:०६ बजे
  • 1.0K
    SHARES
  • माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ

    नेकपा (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । बुधबार माओवादी केन्द्र प्रदेश १ को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ‘मिक्सो’ अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    मिक्सो १६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए । त्यस्तैगरी उनको निकटतम प्रतिद्वन्द्दी प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ प्राप्त गरेका थिए । अध्यक्षका लागि भएको निर्वाचनमा ७ मत बदर भएको थियो ।

    माओवादी केन्द्र प्रदेश १ को तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा मणिकुमार साम्पाङ १११ मत प्राप्त गर्दै विजयी भएका छन् । देवान चाम्लिङ १२० र शिवकुमार डाँगीले पनि ११३ मत ल्याउदै उपाध्यक्षमा विजयी भएका छन् ।

    त्यस्तैगरी सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेती (सुशील)ले १४८ प्राप्त गर्दै विजयी भएका छन् ।

    उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गरेका थिए ।

    सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन्।

    कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ‘गगन’ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्। ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मतदाता थिए ।

    जसमा २९ जनाले उम्मेदावरी दिएका थिए । त्यस्तै १९ जना मतदानमा सहभागी भएका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology