Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोनले बढायो चिन्ता

ओमिक्रोनले बढायो चिन्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १२:३३:४२ बजे
  • 874
    SHARES
  • ओमिक्रोनले बढायो चिन्ता

    चीनमा ४ फेबु्रअरीदेखि शीतकालिन ओलम्पिक सुरु हुँदै छ । शिआन र आसपासको क्षेत्रमा प्रतिबन्धको नियम अनुसार एक घरबाट दुई दिनमा एक पटक मात्रै एक व्यक्ति अत्यावश्यक सामग्रीको खरिदका लागि बाहिर जान पाउने छन् ।

    images

    विशेष परिस्थिति बाहेक सबै सवारी साधनमा रोक लगाइएको छ । घरमा आपतकालिन स्थिति बाहेक घरबाट ननिक्लनका लागि आग्रह गरिएको छ ।

    कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको असाधारण प्रसारले विश्वमा चिन्ता बढाएको छ । अचानक कोभिड–१९ संक्रमणको ६२ केस देखा परेपछि १.३० करोड जनसंख्याको शिआन सहरमा बुधबार रातीदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरिएको छ ।

    यसैगरी बेलायतमा पनि बुधबार १ लाख भन्दा बढी मामिला देखा परेको छ ।

    अमेरिकामा त झनै दुई महिनादेखि दैनिक १ लाख भन्दा बढी मामिला देखा परेको छ ।

    यसैगरी बेलायतमा १ लाख ६ हजार १ सय २२ संक्रमित देखा परेको छ ।

    यहाँ पनि नयाँ वर्षको खुसीयाली मनाउन प्रतिबन्ध लगाउने योजना बनाइएको छ ।

    वेल्सल्यान्डको सरकारले त क्रिसमसको १ दिनपछि अनिश्चितकालका लागि घरबाट बाहिर आउन र धेरै मानिस भेला हुनबाट रोक लगाएको छ । रेष्टुरामा पनि एक पटकमा ६ भन्दा बढी मानिस भेला हुन पाउने छैनन् ।

    नयाँ अध्ययन अनुसार ओमिक्रोनको असर न्यून भएको पुष्टि भए बावजुद कयौँ देशले नयाँ वर्षमा थप प्रतिबन्ध लगाउने विचार गरिरहेका छन् ।

    जर्मनीमा नयाँ वर्षमा खुसीयाली मनाउन रोक

    जर्मनीले नयाँ वर्षमा खुसीयाली मनाउन रोक लगाएको छ ।

    जापानले नयाँ केसमा सीमा नियन्त्रण जारी राख्ने निर्णय लिएको छ ।

    सिंगापुरले बिहीबारदेखि क्वारिन्टिनमुक्त यात्राका लागि आफ्नो उडान र बसको नयाँ टिकटको बिक्रीमा रोक लगाएको छ ।

    यो मार्च २० होइन, लडिन्छः जो बाइडेन २०२० को मार्च २० गइसकेको छ ।

    त्यसैले हामी ओमिक्रोनसँग लड्नका लागि तयार भएको बाइडेनले बताए ।

    बाइडेनको एक सम्बोधनमा भनिएको छ,‘खोपप्रति जोड दिइएको छ । घरमै परीक्षणका लागि सरकारले ५० करोड किट निःशुल्क बाड्ने भएको छ ।’

    बलुचिस्तानमा ओमिक्रोनको १२ बिरामी पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोरोनाको ओमिक्रोन प्रकारको १२ शंकास्पद बिरामी देखा परेका छन् । बिरामीलाई एकान्तवासमा पठाएर उनीहरुको नमुना पुष्टिका लागि पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन भेरियन्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology