Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १२:४४:२६ बजे
  • 1.6K
    SHARES
  • बढ्यो सुनको मूल्य

    साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    आज बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

    हिजो बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology