नेपालमा दैनिक ६ करोडको तरकारी बाहिरबाट आयात हुने एक तथ्याङ्कले देखाएको छ । भन्सार विभागले जारी गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरण अनुसार दैनिक ६ करोड तरकारी आयात हुने देखाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ ।
यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै तरकारी आयात गरेको देखिन्छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ ।
आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।
एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात नेपाल भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ । यस्तै कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ ।
चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो । नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ ।
भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् । चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ ।
यस्तै बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु नेपाल भित्रिएको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन नेपाल भित्रिएको छ भने दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ ।
तरकारी आयातमा ठूलो हिस्सा भारतबाट नै देखिन्छ ।