Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १९:२९:२१ बजे
  • 514
    SHARES
  • विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।

    images

    विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका-१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

    विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करिब १ वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए ।

    केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो । क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

    तत्कालीन अवस्थामा १५ दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको भए पनि विभिन्न समस्याका कारण सार्वजनिक गर्न नसकिएको विद्यालयले जानकारी दिएको छ ।

    ‘उहाँहरूको मागको विषयमा हामी सकारात्मक थियौं र छौं,’ विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्यले भने, ‘कोभिडको समस्या, विद्यालय व्यवस्थापन समिति नहुनु जस्ता कारण असहजता भइरहेको छ ।’

    यता क्रान्तिकारीले भने विगतको सहमति कार्यान्वयन, लिइएको शुल्क फिर्ता र हिसाबकिताब पारदर्शी गर्न माग गरिरहेको छ । पूर्व प्रधानाध्यापक जुमलाल खनालको कार्यकालमा अनियमितता भएको भन्दै क्रान्तिकारीले हिसाब सार्वजनिक गर्न माग गरिरहेको छ ।

    आफ्ना मागको बेवास्ता गरिए जे पनि हुनसक्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।

  • सम्बन्धित विषय:

  • # विप्लव निकट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology