Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १९:३५:०५ बजे
  • 985
    SHARES
  • एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

    नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    images

    आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।

    धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।

    उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’

    शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए ।

    आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

    उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोखे ।

  • सम्बन्धित विषय:

  • # समाजवादीमा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology