Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी र नेकपा मसालबीच आज एकता हुँदै

माओवादी र नेकपा मसालबीच आज एकता हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • ०९:०९:१० बजे
  • 1.6K
    SHARES
  • माओवादी र नेकपा मसालबीच आज एकता हुँदै

    नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदैछ ।

    images

    सार्वजनिक सूचनाअनुसार आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा गरी दुई दलबीच एकता गरिने भएको हो ।

    मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो ।

    राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे मतभेद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको हो ।

    सम्पर्क केन्द्र) ख ले ३९ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको बताइएको छ ।

    यसैबीच नेकपा मसालका महामन्त्री सिंहले भने बिहीबार विज्ञप्ति जारी गरी उनीहरूलाई मूल पार्टीमै फर्किन आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी र नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology