Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन

यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १४:२९:१९ बजे
  • 643
    SHARES
  • यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन

    एजेन्सी । यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन् । सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन् ।

    images

    यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ ।

    आफूहरु सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताएकी छिन् ।

    ‘उनीहरुमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ इसाक्युले भनिन् ।

    अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा सेनाले गोली प्रहार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # यौन हिंसाविरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology