Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायक प्रकाश दूतराजको जाम भो माइली करोड क्लबमा

गायक प्रकाश दूतराजको जाम भो माइली करोड क्लबमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १४:३१:१५ बजे
  • 853
    SHARES
  • गायक प्रकाश दूतराजको जाम भो माइली करोड क्लबमा

    सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीतले युट्युबमा एक करोड बढी भ्युज पाएका हुन् ।

    images

    यसअघि उनको ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको थियो । बिहीबार साँझ उनको अर्को गीत ‘जाम भो माइली’ले युट्युबमा करोड भ्युज पार गरेको छ ।

    प्रकाशले दुई वर्षअघि ‘बैनी झ्यालैमा’ बोलको गीत सार्वजनिक गरेका थिए । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बमको अभिनय छ । यो गीतको भिडियो प्रकाश स्वयंको कथा र निर्देशनमा तयार भएको थियो । हाल ‘बैनी झ्यालैमा’ गीतको भिडियोको भ्युज १ करोड ४ लाख ७० हजार बढी छ ।

    त्यस्तै, उनले ८ महिनाअघि ‘घर कता हो बैनीको’ गीत युट्युबमा सार्वजनिक गरेका थिए । आफ्नै शब्द तथा संगीत रहेको यो गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ । मौसम हिमालीको निर्देशनमा बनेको यसको भिडियोमा प्रकाशसँगै विजय पुन, जुना सुन्दास, आयुष्मा कार्कीको अभिनय छ ।

    यो गीतको भिडियोले युट्युबमा १ करोड ४१ लाख बढी भ्युज पाइसकेको छ । ‘जाम भो माइली’ भने प्रकाशले दुई महिनाअघि मात्रै सार्वजनिक गरेका हुन् । आफ्नै शब्द तथा संगीत रहेको यो गीत पनि प्रकाशले शान्तिश्री परियारसँग गाएका छन् ।

    मौसम हिमालीको कथा तथा निर्देशनमा बनेको भिडियोमा प्रकाश आफैंले अभिनय गरेका छन् । उनको साथमा रोशनी कार्की र निक शर्माको अभिनय छ । यो गीतको भ्युज भर्खरै एक करोड पुगेको हो । यी तीनवटै गीतको भिडियो प्रकाशले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् ।

    म्याग्दीका प्रकाशले पछिल्लो समय आफ्ना एकपछि अर्को सिर्जनामार्फत स्रोता-दर्शकको मन जितिरहेका छन् । लोकदोहोरी क्षेत्रका स्थापित कलाकारहरुले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।

    प्रकाशका गीतलाई रुचाउनुको कारण हो, उनका सिर्जनामा गाउँ समाज, परिवेशका कथा पाइन्छ । प्रकाश पनि आफू हुर्केको गाउँ-समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् ।

    तिनै गाउँ-समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गर्दै आएका छन् । उनका ‘आरने’, ‘चोली मैलै भो’ लगायतका अन्य गीतलाई पनि स्रोता-दर्शकले रुचाएका छन् ।

  • सम्बन्धित विषय:

  • # गायक प्रकाश दूतराज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology