Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १५:०८:५९ बजे
  • 820
    SHARES
  • ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

    एजेन्सी । ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

    images

    शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो ।

    यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ ।

    सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नुपर्नेछ । यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालिन कर्फ्यू लगाइएको थियो ।

    कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए ।

    मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् । भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # मध्य प्रदेशमा कर्फ्यू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology