Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १५:५२:३८ बजे
  • 727
    SHARES
  • मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

    नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।

    images

    राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

    सोही समूह माओवादी केन्द्रमा विलय भएको हो । विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।

    माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए ।

    लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology